सवारी साधन आयातका लागि एलसी खोल्न दिन प्रधानमन्त्रीसमक्ष नाडाको आग्रह



काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेर सवारी साधन आयात प्रतितपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । नाडाले आज प्रधानमन्त्रीसँग भेट गरेर एलसी खोल्न आग्रह गरेको हो ।

अध्यक्ष थापाले २ खर्ब बढी लगानी रहेको र हरेक वर्ष १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएको बताए ।

नाडाले प्रत्यक्ष रोजगारीमा ५० हजारभन्दा बढीलाई अवसर दिएको बताएको छ । यस्तो क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरुले स्पेयर पार्टस आयातका लागि समेत समय नदिएको भन्दै त्यसमा सम्बोधन गर्न आग्रह गरेको हो ।

छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोबाइल क्षेत्रको ठूलो योगदान रहे पनि सरकारका नीतिहरू व्यवसायीहरूलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरेका थिए ।

छलफलको प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिँदै सवारी साधन आयातका लागी एलसी खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन समेत दिएको नाडाले जनाएको छ ।


क्लिकमान्डु