३ बैंक सीइओको खोजीमा, ५ बैंकले दिए नयाँ सीइओलाई जिम्मेवारी



काठमाडौं । मेगा बैंकको सञ्चालक समितिले कार्यकाल नथप्ने भएपछि अनुपमा खुन्जेली बिदामा बसिन् ।

नियम अनुसार बैशाख २ देखि खुन्जेलीको कार्यकाल सकिन्छ । त्यसपछि बैंकले अर्को व्यवस्था नहुँदासम्मको लागि डेपुटी सीइओ रविनादेशराज श्रेष्ठलाई कामू सीइओ दिने छ । मेगा बैंकले रविनालाई सीइओ दिएर महिला सीइओ दोस्रो बनाउने नै बैंक बन्छ या अरुलाई खोज्ने छ त्यो भने टुंगो लागेको छैन ।

मेगा बैंकबाट खुन्जेली बाहिरिएपछि ४ वटा बैंकमा प्रमुख कार्यकारी अधिकृत खाली हुने भएको छ । अहिले सेञ्चुरी,कुमारी र एनबी बैंक कामू सीइओको भरमा चलिरहेको छ ।

सेञ्चुरी बैंकबाट तुलसीराम गौतम बाहिरिएपछि मनोज न्यौपानेले कामू सीइओको जिम्मेवारी लिएका छन् । कुमारीमा रामचन्द्र खनालाई चिठ्ठा नै परेजस्तो भयो । सीइओ सीइओ सुरेन्द्र भण्डारी बाहिरिएपछि अनुजमणि तिमिल्सिना कामू सीइओ बने । गायक योगेश्वर अमात्यको जग्गा अर्को जग्गाधनी खडा गरेर ऋण नदिएको भए अनुजमणि कुमारीको सीइओ हुने थिए ।

जग्गा काण्डपछि कुमारी बैंकले भिआरएस दिएर अनुजमणि र मनिष तिमिल्सनालाई अवकास दिएपछि सिए रामचन्द्र खनाल कामू सीइओ बने । कुमारीले खनालको काम हेरेपछि पूर्ण सीइओ दिने आश्वासन दिएको छ ।

एनबी बैंकमा ज्ञानेन्द्र ढुंगाना अवकास पाएपछि भुपेन्द्र पाण्डे कामू सीइओ बनेका छन् । पाण्डेपनि सीए हुन् । नबिल बैंकमा एक्विजेशन हुन लागेको एनबी बैंकमा पाण्डे पूर्ण सीइओ भने हुन नपाउने अवस्था छ ।

चालु आर्थिक वर्षमा नै आधा दर्जनभन्दा बढी बैंकमा सीइओले राजीनामा गरे । जसमा ४ वटा बैंकले सीइओको राजीनामापछि त्यही कार्यरत डेपुटी सीइओलाई सीइओको जिम्मेवारी दिएको छ ।

सानिमा बैंकले भुवन दाहालको दुई कार्यकाल पुरा गरेपछि निश्चलराज पाण्डेलाई सीइओको जिम्मेवारी दियो । सिद्धार्थ बैंकले सीइओ शम्भुनाथ गौतमको ४ वर्षे कार्यकाल पुरा भएपछि डेपुटी सीइओ सुन्दर कंडेललाई जिम्मेवारी दियो ।

बैंक अफ काठमाण्डूले सीइओ सोहनदेव पन्तले अवकास पाएपछि श्रवणलाल मास्केलाई सीइओ नियुक्त गर्यो ।

सिभिल बैंकले गोविन्द गुरुङको अवकास पछि सुनिल पोखरेललाई सीइओको जिम्मेवारी दियो । उनी सिभिलमा डेपुटी हुँदै सीइओ बनेका हुन् ।

एभरेष्ट बैंकले पहिलो पटक सुदेश खालिङलाई सीइओको जिम्मेवारी दियो । खालिङ लक्ष्मी बैंकमा सीइओको जिम्मेवारी पुरा गरिसकेका थिए ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमा २ वटा बैंकमा मात्र सीइओ विदेशी छन् । विदेशी लगानीको स्टाण्डर्ड चार्टर्ड बैंक र एसबिआई बैंक नेपालमा विदेशी नागरिक सीइओ छन् ।


क्लिकमान्डु