मेगा बैंकमा सीइओ अनुपमा खुन्जेलीको कार्यकाल नथपिने



काठमाडौं । मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीको कार्यकाल नथप्ने भएको छ ।

मेगा बैंकको सञ्चालक समितिले ४ वर्ष अगाडि मेगा सीइओ पदमा खुन्जेलीलाई नियुक्त गरेको थियो । उनको ४ वर्षे कार्यकाल आगामी बैशाख २ मा सकिने छ ।

बैंकको सञ्चालक समितिले कार्यकाल नथप्ने भएपछि खुन्जेली शुक्रबारदेखि बिदामा बसेकी छन् । खुन्जेली मेगा बैंकमा स्थापनाकालदेखि नै कार्यरत रहेकी थिएन् । उनी वाणिज्य बैंकमा पहिलो महिला सीइओ हुन् ।


क्लिकमान्डु