सामाजिक उद्यम प्रबर्धनका लागि नबिल बैंकले खुलायो सबै प्रदेशमा आवेदन



काठमाडौं । नबिल बैंकले संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप (नबिल एसईई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ ।

बैंकले सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको नलिब एसईई अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आह्वान गरेको जनाएको छ ।

फेलोशिप कार्यक्रम भने यसअघि नै शुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिएको छ ।

मानिसहरुलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।

कार्यक्रमका लागि सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको बैंकले जनाएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने कार्यक्रमको सोच रहेको बैंकले जनाएको छ ।

समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागिहरुको छनौट गरिनेछ । छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागि गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।

बैंकले प्रदेश १ को महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस विराटनगर, मधेश प्रदेशको विरगञ्ज पब्लिक कलेज विरगञ्ज, बागमती प्रदेशको काम्पिएन कलेज ललितपुर, गण्डकी प्रदेशको ला गान्डि इन्टरनेशनल कलेज पोरखा, लुम्बिनी प्रदेशको क्षितिज इन्टरनेशनल कलेज बुटवल, कर्णाली प्रदेशको सुर्खेत मोडल कलेज बिरेन्द्रनगर र सुदुरपश्चिम प्रदेशको सुदुरपश्चिमाञ्चल एकेडेमी धनगढीको कलेज रहेको छ ।


क्लिकमान्डु