महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पतालमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटलमा दन्त सेवा लिँदा आकर्षक छुट पाउने छन् ।

बैंक र हस्पिटलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु