राष्ट्र बैंकले रोकेको पैसा खुलाउन ३ करोड घुस मागियोः व्यवसायी शाह



काठमाडौं । व्यवसायी पृथ्वीबहादुर शाहले अमेरिकाबाट १२ लाख डलर अर्थात १४ करोड रुपैयाँ ल्याउन खोज्दा विभिन्न दलालहरूले तीन करोड रुपैयाँ घुस मागेको बताएका छन् । उनले बिहीबार पत्रकारसम्मेलन गर्दै यस्तो बताएका हुन् ।

राष्ट्र बैंकका आधिकारीहरूलाई पैसा दिएर काम गरिदिन्छौं भन्दै विभिन्न दलालहरूले आफुसँग घुस मागेको उनको दाबी छ । उनले चर्चामा रहेजस्तो ४० करोड नभइ १४ करोड मात्रै भएको जनाएको छ । विगत दुई वर्षमा आफ्नो आर्थिक कारोबार डामाडोल भइ ६० जना कर्मचारीलाई तलब दिन नसक्ने स्थितीमा पुगेको समेत जनाएका छन् । उनले आफ्नो सम्पूर्ण चलअचल सम्पत्ती बेचबिखन गरेर कारोबारलाई निन्तरता दिएको जनाएको छन् । आफूले चढ्दै आएको गाडीसमेत बेचेर कर्मचारीलाई तलब खुलाएको दाबी गरेका छन् ।

उनले पत्रकार सम्मेलन गर्दै आफुले साथीभाइ र विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको ऋण तीर्न नसक्दा म मानशिक रुपमा प्रताडित भएको दाबी गरेका छन् । उनले विगत १६ वर्षदेखि होली डे एन्ड ट्राभल्स, पे सेफ रेमिटेन्स (देशभर २५ वटा शाखा रहेको छ ), हार्डवयर एक्पोट र इम्पोर्ट व्यावसाय जसका चार वटा गोदाम रहेको जनाएका छन् ।

साथै उनले (रियल स्टेट र सहकारी सञ्चालन गरेको, विगत दुई वर्ष बन्दाबन्दी हुनुपुर्वदेखि विभिन्न बैंकहरूमा ट्रभल्स र रेमिटेन्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले हाम्रा कम्पनीमा रकम पठाएको जनाएका छन् ।

उक्त रकमलाई राष्ट्र बैंकले खाता रोक्का गरी छानविन गर्न सिआइबिमा पठाएको पनि स्मरण गराए । सिआइबीको अनुसन्धानबाट केही कमजोरी फेला नपरेपपिछ थप अनुसन्धान गर्न भनि सम्पत्ती सुद्धीकरण अनुसन्धान विभागमा पठाएको उनको भनाइ छ ।

सम्पत्ती सुद्धीकरण विभागले अनुसन्धान गर्दा कुनै पनि कमजोरी नदेखिएपछि विसं २०७८ माघ १७ गते खाता फुकुवाका लागि राष्ट्र बैंकलाई पत्र लेखि पठाएको उनको दाबी छ । ‘उक्त पत्र प्राप्त हुँदा पनि हालसम्म राष्ट्र बैंकले विभिन्न बहाना बनाएर खाता खोलेको छैन । सो अवस्था सिर्जना भएपछि मैले माननीय अर्थमन्त्री ज्यूलाई सम्बोधन गरी न्याय दिन अनुरोध गर्दै निवेदन दिएको थिए’ उनले भने ‘सम्पत्ती सुद्धीकरण विभागले मिति २०७८ चैत २० गते अनुसन्धानबाट कुनै पनि कैफियत नभएको भनि खाता फुकुवा गरिदिन चिठी पठाएको थियो ।’


क्लिकमान्डु