महालक्ष्मी विकास बैंकले नेपाल बाल संगठनलाई दियो फिजियोथेरापी मेसिन



काठमाडौं । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले काठमाडौं नक्सालमा रहेको नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ ।

फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पराजूली र प्रमुख कार्यकारी अधिकृत अजय कुमार शाहले विगत देखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रम गर्ने गरेको बताए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु