फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान ल्याउँदै



काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान नेपाली बजारमा ल्याउने भएको छ ।

फोटोनका यी भ्यानहरु १०० किलोवाट (१३६ एचपी) भन्दा बढी इन्जिन क्षमताको रहेका छन् । यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ ।

फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने कम्पनीले जनाएको छ । बिजुली आपुर्ति सहजहुदाँ डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च कमहुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु