महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि-डेस्टिनेसन लज एण्ड बारमा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले हेटौडा स्थित डि डेस्टिनेसन लज एण्ड बारमा छुट पाउने भएका छन् ।
उक्त छुटको विषयमा बैंक र बारबीच सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस्तोे सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले प्रदेश–१ मा ५, बागमती प्रदेशमा मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।