अर्थतन्त्रमा संकट देखिएपछि अर्थविद्सँग बृहत छलफल गर्ने सत्ता गठबन्धनको निर्णय



काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सत्ता गठबन्धनले अर्थविद्हरुसँग बृहत छलफल गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अर्थतन्त्रमा समस्या देखिएको र यसको समाधानको लागि राय लिन अर्थविद्सँग छलफल गर्ने भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले अर्थतन्त्रमा देखिएको समस्या र यसको समाधान खोज्न सत्ता गठबन्धनका दलका नेताहरु अर्थविद्सँग छलफल गर्ने निर्णय भएको बताए ।

‘अर्थतन्त्रलाई समस्यामा पर्न नदिन सरकारले गर्नुपर्ने कामको लागि सरकारमा सहभागी सबै दलले छलफल गर्ने निर्णय भयो,दुईदिनपछि अर्थविद्सँग छलफल हुन्छ,’परियारले भने ।

राष्ट्र बैंकले सोमबार मात्रै बैंकका सीइओलाई बोलाएर गाडीको एलसी नखोल्न निर्देशन दिएको थियो । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा उच्चस्तरीय बैठक बोलाएका थिए ।


क्लिकमान्डु