मुक्तिनाथ विकास बैंकद्धारा चमरधाप विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले बिर्तामोड स्थित चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्णका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत उक्त सहयोग गरेको जनाएको छ । बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त सहयोगबाट विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकको रहेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।


क्लिकमान्डु