छुट्ला है शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन



काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिन अन्तिम दिन आज हो ।

कम्पनीले चैत १ गतेदेखि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । माघ २० गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

हकप्रदमा एनआइबीएल एस क्यापिटल, शिखर इन्स्योरेन्स, सी-आस्वा सदस्यता रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु