आइपीओ निष्कासन गरेको बलेफी हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानीगर्दा कम्पनीको वित्तीय अवस्थाबारे जानकारी लिनु आवश्यक हुन्छ ।

कम्पनीको आम्दानी, लाभांश दिन सक्ने क्षमता, रेटिङबारे बुझ्नु जरुरी हुन्छ ।

बलेफी हइड्रोपावर कम्पनी २०७३ पुस २२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको थियो ।

हाइड्रोपावर सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, ३ र ४ (साविकको गोल्चे, गुम्वा र पाङताङ गा.वि.स)मा अवस्थिछ छ ।

आयोजनाको स्रोतमा वलेफी खोला छ । २१२.८३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने आयोजनाको क्षमता ३६ मेगावाट रहेको छ ।

आयोजनाको हालको अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख ४९ हजार ४८३ रुपैयाँ रहेको छ भने आयोजनाको लागत निर्माण अवधिको ब्याज बाहेक ६ अर्ब ३३ करोड ४ लाख १९ हजार २१८ रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.५४ वर्ष छ भने आयोजनाको डिष्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.१० वर्ष छ ।

कम्पनीका संस्थापक समूहको ८० प्रतिशत, स्थानीयको १० र सर्वसाधारणको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

आयोजनामा उमेश कसजुको १२ लाख ६८ हजार ८४२ कित्ता, बच्चु पौडेलको ६ लाख २५ हजार ८९७ कित्ता, बिष्णु बहादुर खत्रीको ६ लाख २५ हजार ८९७, सन्दीप कुमार सारदाको २० लाख ७३ हजार ५६४ कित्ता सेयर छ ।

साथै, शक्ति कुमार गोल्यानको २२ लाख ९३ हजार ८३६, साहिल सुरेश आदभानीको ३ लाख ७५ हजार, सुशिल गुप्ताको २५ लाख ५९ हजार १५८, शुलभ अग्रवालको २६ लाख ६८ हजार ८३६ कित्ता स्वामित्व छ ।

त्यसैगरी, प्रभा गोयन्काको १४ लाख, ५५ हजार ६४, नरेन्द्र्र उलकको ४ लाख ६९१, विनोद कुमार श्रेष्ठको १ लाख ४६ हजार २३८ कित्ता सेयर स्वामित्व रहेको छ । आयोजनाको बीमा नेको, प्रिमियर र लुम्बिनि जनरल इन्स्योरेन्समा बीमा गरिएको छ ।

आयोजनाको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ छ ।

आव २०७९/८० मा कम्पनीको नाफा २६ करोड १६ लाख १० हजार रुपैयाँ पुग्ने र आव २०८०/८१ मा ३२ करोड ४४ लाख ३ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

यस्तै आगामी आव २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३१ पैसा र आव २०८०/८१ मा १७ रुपैयाँ ७५ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

प्रतिकित्ता १८ करोड २७ लाख ९७ हजार रुपैयाँको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गरेको हो । जसमा ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ ।

सर्वसाधारण लगानीकर्ताले १६ लाख ६३ हजार ४५३ कित्तामा आवेदन दिन पाउनेछन् । चैत २१ गतेसम्म आवेदन दिन सकिने आइपीओमा उक्त अवधिमा माग अनुसार आवेदन नपरे चैत ३० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु