
काठमाडौं । मध्यपूर्वको तनावका कारण फागुन १६ यताका १२ दिनमा ३ सयभन्दा बढी उडान रद्द भएका छन् । काठमाडौंबाट मध्यपूर्वी क्षेत्रमा जाने र उताबाट आउने विभिन्न ८ वायुसेवाका दैनिक औसतमा ३० वटा उडान रद्द भइरहेका छन् । यी उडान रद्द हुँदा हजारौँ यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् ।
पछिल्लो १२ दिनको अवधिमा (फागुन २० देखि २७ गतेसम्म) काठमाडौं विमानस्थलबाट तीनवटा उडान भएका छन् भने २३ वटा उडान र अवतरण यूएईबाट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फ्लाई दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्सले पछिल्लो १२ दिनमा गरेका उडानमध्ये तीनवटा मात्रै हिमालय एयरलाइन्सले गरेको छ ।
बाँकी उडानमध्ये ५ वटा फ्लाई दुबईले र १४ वटा एयर अरेबियाले गरेका छन् । फ्लाई दुबई र एयर अरेबिया काठमाडौं आएर फर्किएका छन् भने हिमालय एयरलाइन्सले भने अघिल्लो दिन गएर भोलिपल्ट मात्रै फर्किएको छ ।
काठमाडौंबाट बाहिरिने र भित्रिने मध्यपूर्वी क्षेत्रका उडानहरूमध्ये एयर जजिराको दैनिक एउटा, कुवेत एयरका दैनिक २ वटा, एयर अरेबियाको दैनिक एउटा, फ्लाई दुबईका दैनिक तीनवटा, नेपाल एयरलाइन्सको दैनिक एउटा, कतार एयरवेजका दैनिक तीनवटा र हिमालय एयरलाइन्सका दैनिक दुईवटा दुईतर्फी उडान पछिल्लो १२ दिनदेखि रद्द भइरहेका छन् ।








प्रतिक्रिया