सेयर बजारले लगानीकर्तालाई बनायो निरास



काठमाडौं । सेयर बजारमा निरासा छाएको छ । बजारमा आएको निरन्तर गिरावट र कारोबार रकम न्यून हुँदै जाँदा बजारप्रति लगानीकर्ता निरास बन्दै गएका छन् ।

मंगलबार नेप्से सूचकमा गिरावट आउनुका साथै कारोबार रकम पनि निकै घटेको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणागरेसँगै बजारमा बहार आउँछ भन्ने धेरैको अपेक्षा रहेको थियो । तर, निकै समयदेखि बजारमा गिरावट कायमै छ । बजारमा गिरावट आउनु सामान्य भएपनि कारोबार रकम निरन्तर घट्नुलाई सामान्य मान्न नसकिने लगानीकर्ताहरुको तर्क छ ।

बजार मापन गर्ने सूचक १४.२६ अंकले घटेर परिसूचक २५२७.५८ बिन्दुमा रोकिएको छ । मंगलबार २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारप्रति लगानीकर्ता निरास बन्दै जाँदा केही कम्पनीका लगानीकर्ता भने मालामाल बन्ने क्रम रोकिएको छैन । कारोबारमा इमर्जिङ नेपाल, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक लागेको छ ।

बजारमा गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ५.५४, विकास बैंक २६.३५, वित्त कम्पनी १४.९६, जलविद्युत १६.४८, जीवन बीमा २१९.६३, माइक्रोफाइनान्स ३४.५४, निर्जीबन बीमा समूहको उपसूचक ७६.६९ अंकले घटेको छ ।


क्लिकमान्डु