ग्लोबल मनि सप्ताह: सातवटै प्रदेशमा सिटिजन्स बैंकको वित्तिय साक्षरता



काठमाडौं । ग्लोबल मनि विकको अवसरमा सिटिजन्स बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले यो अवसरमा पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना मुलक कार्यक्रम गरेको जनाएको छ ।

बैंकले प्रदेश १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल, हल्दीबारी, मधेश प्रदेशको बनुला स्कूल, सप्तरी, बाग्मती प्रदेशको रनभुबनेश्वरी हाईयर सेकेण्डरी स्कूल, देविघाट, नुवाकोट, गण्डकी प्रदेशको पौलस्त्य उच्च माध्यमिक विद्यालय, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्र्रदान गरेको जनाएको छ ।

कार्यक्रममा विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तिय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उत्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणालि मजवुत हुने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु