मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रमलाई सहयोग वितरण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले दाङ जिल्लाको राप्ती गाउँपालिका-८, पिपरीमा रहेको नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तु, डस्टबीन तथा अन्य सामग्री सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत उक्त सहयोग गरेको जनाएको छ । बैंकले निलसागर सेवा आश्रमलाई उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

उक्त सहयोगबाट निलसागर सेवा आश्रम रहेर बस्ने भएका ज्येष्ठ नागरिक, अशक्त नागरिकको पूनः स्थापना गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको जनाएको छ ।


क्लिकमान्डु