कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सुरु



काठमाडौं । कामना सेवा विकास बैंकले मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ ।

बैंकले पाल्पा जिल्लाको तानसेन–९, दमकड पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । तानसेन–९ का वडा अध्यक्ष्य श्री हरिष सोमर रेग्मीले र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोख्रेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


क्लिकमान्डु