वोमी र सूर्योदय मर्ज, शनिबारदेखि सूर्योदय वोमी लघुवित्तको नामबाट कारोबार हुने



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नाम कामय भएको छ ।

राष्ट्र बैंकका अनुसार चैत १९ गते शनिबारदेखि दुवै संस्थाबाट सञ्चालन हुुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत रुपमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ११ को उप–विनियम (७) बमोजिम उक्त सूचना जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु