महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयमा प्रतिक्षालय निर्माण



काठमाडौं । महालक्ष्मी विकास बैंकको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ ।

जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माण पछि हस्तान्तरण गरिएको कुरा यस बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोगको लागि बैंकले प्रतिक्षालय बनाएको हो ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखा मार्फत सेवा दिएको छ ।


क्लिकमान्डु