ग्रीन भेन्चर्सको आइपीओ खुला, कहिलेसम्म कति दिने आवेदन ?



काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३१ करोड २५ लाख रुपैयाँको ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको २८ लाख ७५ सय कित्ताका सेयर सर्वसाधारणको लागि रहेको छ । सर्वसाधारणले २८ लाख ७५ हजार कित्तामा आवेदन आवेदन दिन सक्नेछन् ।

आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सकिन कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म अवोदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत आधार जनाउने ‘कियर एनपी डबल बी’ रेटिङ दिएको छ ।


क्लिकमान्डु