डिम्याट खाता खोल्नेको संख्या साढे ५० लाखभन्दा बढी पुग्यो, कुन प्रदेशमा कति ?



काठमाडौं । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि आधा करोड बढी पुगिसकेको छ ।

हालसम्म ५० लाख ५४ हजार बढीले डिम्याट खाता खोलिसकेका छन् । सेयर कारोबार गर्नको लागि डिम्याट अनिवार्य गरिएसँगै खाता खोल्नेको सख्या बढेको हो । डिम्याट खाता खोल्नेको संख्या महिला र पुरुषमा धेरै अन्तर छैन ।

तथ्यांक अनुसार अहिलेसम्म ५० लाख ५४ हजार ८५६ जनाले डिम्याट खाता खोल्दा २८ लाख ९९ हजार ८०२ जना पुरुष र २१ लाख ४९ हजार १६४ जना महिला रहेका छन् ।

डिम्याट खाता खोल्नेको संख्या पुरुषको तुलनामा महिलाको संख्या ७ लाख ५० हजार ६३८ ले कम छ । यस्तै ३७ जना तेस्रो लिंगीले पनि डिम्याट खाता खोलेका छन् भने संस्थागत रुपमा ५ हजार ९३८ वटा खाता खुलेको सिडिएससीले जानकारी गराएकाे छ ।

कुन प्रदेशमा कति ?
तथ्याङक अनुसार डिम्याट खाता खोल्नेमा सबैभन्दा बढी बाग्मती प्रदेशका नागरिक छन् भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशका नागरिक छन् ।

बाग्मती प्रदेशमा १९ लाख ७१ हजार ६१६ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुषको संख्या १० लाख ८८ हजार ९५१ जना रहेको छ भने महिलाको संख्या ८ लाख ७७ हजार ८१७ छ । यस्तै १७ जना तेस्रोलिंगी तथा ४ हजार ८३१ वटा डिम्याट खाता कम्पनीले खोलेका छन् ।

गण्डकी प्रदेशमा ६ लाख ८२ हजार ४६७ जना लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । जसमा पुरुष ३ लाख ८१ हजार १२२ जना र ३ लाख १ हजार १०२ जना महिला छन् । यस्तै ४ जना तेस्रोलिंगी र संस्थागत रुपमा २३९ जनाले डिम्याट खाता खोलेका छन् ।

सिडिएससीका अनुसार कर्णाली प्रदेशका १ लाख ११ हजार ३१० जनाले डिम्याट खाता खोलेका छन् । जसमा ७१ हजार १२० जना पुरुष र ४० हजार १७२ जना महिला छन् । यो प्रदेशमा १८ वटा डिम्याट खाता संस्थागत रुपमा खोलिएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा खुलेका ५ लाख ५९ हजार ५६९ जनामध्ये पुरुषको संख्या ३ लाख २६ हजार ४८७ जना र महिलाको संख्या २ लाख ३२ हजार ८६६ छन् । यस्तै २०८ वटा खाता संस्थागत रुपमा खोलिएका छन् भने ८ जना तेस्रो लिंगीले डिम्याट खाता खोलेका छन् ।

प्रदेश १ मा ९ लाख ४८ हजार ३९ जनाले डिम्याट खाता खोल्दा ५ लाख ३४ हजार ९५० जना पुरुष, ४ लाख १२ हजार ८०५ जना महिला र ३ जना तेस्रोलिंगी छन् । साथै, उक्त प्रदेशमा २८१ वटा डिम्याट खाता संस्थागत रुपमा खोलिएको छ ।

प्रदेश २ मा ४ लाख ९३ हजार १५७ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुष ३ लाख १८ हजार ७७४ जना, १ लाख ७४ हजार १४६ जना महिला र १ जना तेस्रोलिंगी छन् । साथै, २३६ वटा खाता संस्थागत रुपमा खोलिएका छन् ।

सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २ लाख ८८ हजार ६९८ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुषको संख्या १ लाख ७८ हजार ३९८ र महिलाको संख्या १ लाख १० हजार २५६ जना छ । तेस्रोलिंगीको संख्या ४ जना छन् भने संस्थागत रुपमा ४० वटा खाता खोलिएको छ ।


क्लिकमान्डु