राष्ट्र बैंकमा कार्यकारी निर्देशकको सरुवा, शक्तिशाली नियमनको जिम्मा भट्टलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागको प्रमुख परिवर्तन गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख जिम्मेवारी गुणाकर भट्टलाई दिएका छन् । भट्ट यसअघि वाणिज्य बैंक सुपरिवेक्षण विभागमा थिए ।

यस्तै बैंक सुपरिवेक्षण विभागको जिम्मा देवकुमार ढकाललाई दिएका छन् । ढकाललाई बैंक तथा वित्तीय संस्था नियमन विभागबाट वाणिज्य बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको हो ।

त्यस्तै राष्ट्र बैंकमा कामू कार्यकारी निर्देशक रहेका विमलराज खनाललाई कार्यकारी निर्देशक बनाइएको छ । खनाललाई गैर बैंंकिङ सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।

नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्था नियमन विभागलाई शक्तिशाली विभागको रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंकमा अहिले १८ जना कार्यकारी निर्देशक छन् ।


क्लिकमान्डु