प्रभु लाइफको साधारणसभा सम्पन्न



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको चौथो साधारणसभा होटल रेडिसनमा सम्पन्न भएको हो ।

सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरिएको छ । कम्पनीको नियमावली अनुसार समूह ‘ख’ का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन बाट शंकर गौतम तथा श्री दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

सभाले वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६-७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।


क्लिकमान्डु