सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार ६ सय रुपैयाँले घटेर ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेवाजी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँ घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु