मुद्दति निक्षेप ल्याउने बैंकका कर्मचारीलाई नगद पुरस्कार



काठमाडौं । लगानीयोग्य पुँजी (तरलता)को चरम अभाव खेपिरहेका बैंकहरुले मुद्दति निक्षेप ल्याउने आफ्ना कर्मचारीलाई नगद इन्सेन्टिभ दिन थालेका छन् ।

निक्षेपको अभावमा कर्जा दिन नसक्ने अवस्थामा पुगेपछि बैंकहरुले यस्तो स्किम सञ्चालना ल्याएका हुन् । अधिकांश बैंकहरुको कर्जा-निक्षेप अनुपात राष्ट्र बैंकले तोकेभन्दा बढी छ ।

मुद्दति निक्षेप बढाउनका लागि बैंकहरुले नगद पुरस्कार दिन थालेको कर्मचारीहरुले बताएका छन् ।

कुनै बैंकले ५० लाख रुपैयाँको मुद्दति खाता खोल्दा १५ हजार त कुनै बैंकले १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका हुन् ।

‘पुरस्कार दिँदा कर्मचारीहरु नयाँ निक्षेप खोज्न अझ सक्रिय हुन्छन् भनेर यस्तो गरिएको हो,’ एक बैंकले भने, ‘अवस्था अत्यन्तै भयावय छ । संस्था बचाउनका लागि जे पनि गर्नुपर्ने अवस्था छ ।’

क्लिकमाण्डूलाई प्राप्त जानकारी अनुसार दर्जन बढी बैंकले कर्मचारीलाई पुरस्कारको स्किम सञ्चालन गरिरहेका छन् ।
‘हाम्रो बैंकले १ करोडको मुद्दति निक्षेप ल्याउँदा २५ हजार रुपैयाँ इन्सेनिटभ दिन्छ,’ एक वाणिज्य बैंकका कर्मचारीले क्लिकमाण्डूसँग भने ।

६ महिनादेखि चरम तरलता अभाव खेपिरहेका बैंकहरुले राष्ट्र बैंकले गरेको व्यवस्था मिचेर निक्षिेप संकलन गर्न थालेका छन् । यसरी नियम मिच्ने बैंकलाई राष्ट्र बैंकले कारबाही पनि गरिरहेका छ ।


क्लिकमान्डु