बिओके डिबेञ्चर २०८६ को बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले १ हजार रुपैयाँ अंकित मूल्यका दरले ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको बीओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले चैत २ गते हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु