माछापुछ्रे बैंकद्वारा आगलागी पीडितलाई राहत हस्तान्तरण



काठमाडौं । माछापुछ्रे बैंको माहुली शाखाले आगलागी पीडितलाई राहत हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुण २८ गते सप्तरीको कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ टोल टेगंरीमा लागेको आगलागीबाट पीडित ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको हो ।

राहत वितरण कार्यक्रममा कृष्णासवरन गाप वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नम्बर २ को प्रदेश उप–प्रमुख बिनेश ठाकुरको पनि उपस्थिति थियो ।


क्लिकमान्डु