३०० सय जना नर्सका लागि जागिर खुल्यो



काठमाडौं । सरकारले ३०० जना नर्सका लागि जागिर खुलाएको छ ।

लोकसेवा आयोगले नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहको स्टार्फ नर्स पदमा पदपूर्तिका लागि विशेष विज्ञापन आह्वान गरेको हो ।

जसअनुसार स्टाफ नर्स, स्वास्थ्य, जनरल नर्सिङ पाँचौ तह अन्तर्गत खुलामा १६५ जना, महिला ४५ जना आदिवासी÷जनजाति ३६ जना, मधेशी २९ जना, दलित १३ जना, अपांग ७ जना र पिछडिएको क्षेत्रका लागि ५ जनाका लागि कोटा छुट्याइएको छ ।

इच्छुक योग्य उम्मेदवारले चैत २२ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदनका लागि खुलमा ४ सय रुपैयाँ तथा प्रत्येक थप समूहका लागि २ सयका दरले शुल्क लाग्नेछ । पाठ्यक्रम लोकसेवा आयोगको वेवसाइटबाट हेर्न सकिनेछ ।


क्लिकमान्डु