म्यादी प्रहरीमा भर्ना खुल्यो, तलब भत्तामा मात्रै ४ अर्ब ४० करोड ४० लाख खर्च हुने



काठमाडौं । म्यादी प्रहरीमा भर्ना खुलेको छ । स्थानीय तह निर्वाचनमा खटाउने गरी १ लाख म्यादी प्रहरी छनोट गर्न आवेदन आह्वान गरिएको छ ।

४० दिनसम्म खटाइने म्यादी प्रहरीलाई ३०२४० तलब ७२०० रासन भत्ता र ६००० पोशाक भत्ता प्रदान गरिने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीन वटै परिसरबाट दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दरखास्त दिनेहरु १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।


क्लिकमान्डु