माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सीसीयू वार्ड हस्तान्तरण



काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई सीसीयु वार्ड हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शैय्याको सीसीयु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष डा. बीरेन्द्र महतोले सीसीयु वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।


क्लिकमान्डु