७ महिनामा वाणिज्य बैंकले कमाए ४० अर्ब, सबैभन्दा बढी ग्लोबल आइएमईको



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा आइपुग्दा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब २४ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

चालु आवको गत पुस महिनासम्म ३४ अर्ब १७ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा १ महिनाको अवधिमा बैंकहरुको नाफा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साता महिनाको अवधिमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ ।

बैंकले ७ महिनाको अवधिमा ३ अर्ब ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने बैंक ग्लोबल आइएमई मात्रै हो । अरु बैंकको नाफा ३ अर्बभन्दा कम छ ।

एनआइसी एशिया बैंकको नाफा २ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ रहेको छ भने धेरै नाफा कमाउनेमा तेस्रो स्थानमा नबिल बैंक छ । बैंकले ७ महिनाको अवधिमा २ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २८ करोड २९ लाख रुपैयाँ रहेको छ भने प्राइम कमर्सियल बैंकले २ अर्ब १६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकको नाफा १ अर्ब ६८ करोड ४१ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ८८ करोड ६२ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकको १ अर्ब २४ करोड ४५ लाख, हिमालयन बैंकले १ अर्ब २ करोड ६१ लाख, एभरेष्ट बैंकले १ अर्ब १७ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै कुमारी बैंकले ७ महिनाको अवधिमा १ अर्ब २१ करोड ५१ लाख, सिद्धार्थ बैंकले १ अर्ब ७९ करोड ७९ लाख, एनसीसी बैंकले १ अर्ब १० करोड १७ लाख रुपैयाँ, कृषि विकास बैंकले यो अवधिमा १ अर्ब ४९ करोड १८ लाख, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड ४८ लाख, एनएमबी बैंकले १ अर्ब ९४ करोड ५७ लाख, प्रभु बैंकले १ अर्ब ४५ करोड ५२ लाख, मेगा बैंकले १ अर्ब ४८ करोड ५७ लाख रुपैयाँ र सानिामा बैंकको नाफा ७ महिनाको अवधिमा १ अर्ब २४ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल एसबीआई बैंकले ७ महिनामा ९५ करोड ६५ लाख, नेपाल बंगलादेश बैंकले माघ मसान्तसम्म ९४ करोड २० लाख, बैंक अफ काठमाण्डूले ८९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै लक्ष्मी बैंकले ९५ करोड ४९ लाख, साइराइज बैंकले ९४ करोड ४० लाख सेञ्चुरी बैंकले ८२ करोड २० लाख रुपैयाँ र सिभिल बैंकको नाफा ६१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आवको ७ महिनाको अवधिमा सबैभन्दा कम खुद नाफा आर्जन गर्नेमा सिभिल बैंक रहको छ । बैंकको नाफा ६१ करोड ७६ लाख रुपैयाँ छ ।


क्लिकमान्डु