महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो स्पामा आकर्षक छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक र रे रेट्रो होटल एण्ड स्पाले सहकार्य गर्ने भएका छन् ।

बैंक र स्पाले त्यसको लागि सम्झौता पनि गरेका छन् ।बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनुहुनेछ । बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।

बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत सेवा दिँदै आएको छ ।


क्लिकमान्डु