सानिमा बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती’ मा पैसा राख्न सकिने



काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंकसग सम्झौता गरेको छ ।

यो सँगै सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।

यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई–बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार सजिलो फण्ड मोबिलिटीमा जोड्न यो राम्रो अवसर भएको छ । यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुरÞ्याउने उनको भनाइ छ ।

२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरी ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु