सानिमा बैंकको मोबाइल बैंकिङ र नेपाल पे क्यूआरबीच सहकार्य



काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एपमार्फत् नेपाल पे क्यूआर सेवा उपलब्ध गराएको छ ।

अब सानिमा बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट सहजै क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् ।

बैंकले नेपाल पे क्यूआरको क्यूआरमा आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले डिजिटल कारोबार बढाउने अपेक्षा बैंकको हो ।

सानिमा बैंकका सातै प्रदेशमा १४२ वटा कार्यालय र ११ वटा एटीएम सञ्चालनमा छन् ।


क्लिकमान्डु