कामना सेवा विकास बैंकले शुरु गर्यो नेपाल पेमार्फत् क्यूआर सेवा



काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआरमार्फत् सेवा शुरुवात गरेको छ । अब बैंकका ग्राहकले नेपाल पेको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

नेपाल पे क्यूआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा सञ्चालित क्यूआर सेवा हो । जसले नेटवर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तर सञ्चालनमा मद्दत गर्नेछ । कामना सेवा विकास बैंक यस स्वीचमा आबद्ध हुने पहिलो विकास बैंक बनेको छ ।


क्लिकमान्डु