महालक्ष्मी विकास बैंकद्वारा क्याम्पसलाई गमला वितरण



काठमाडौं । महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाई १७० थान गमला सहयोग गरेको छ ।

क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पसलाई गमला प्रदान गरेको बेलौरीका शाखा प्रबन्धक राम बहादुर विकले जानकारी गराए ।

क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पु¥याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए ।

गमला हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिइ सहयोग गरेकोमा महालक्ष्मी विकास बैंकले गरेको कार्य सराहनिय भएको बताए ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेश मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखा मार्फत सेवा दिइरहेको जनाएको छ ।


क्लिकमान्डु