विदेशी लगानी ८०.६ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आवको ७ महिनामा विदेशी लगानी ८०.६ प्रतिशतले बढेको छ । गत आवको माघ महिनामा ९ अर्ब २ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा चालु आवको माघ महिनासम्मा कुल १६ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो ७ महिनाको वित्तीय विवरण अनुसार चालु आवमा पुँजीगत ट्रान्सफर भने १९.४ प्रतिशतले कमी आए ६ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोहीअवधिमा यस्तो पुँजीगत ट्रान्सफर ७ अर्ब करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ८ करोड रुपैयाँ एक्सटेन्डेड क्रेडिट फेसिलिटी प्राप्त भएको छ ।


क्लिकमान्डु