सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता



काठमाडौं । सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका छन् ।

बैंक र खल्तीबीच भएको सम्झौताले ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो इ–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्न सकिने भएको छ । यस्तै सानिमा सजिलो ई–बैंकिङ मार्फत चेक आउट गर्न सकिने भएको छ ।


क्लिकमान्डु