सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग



काठमाडौं ।सन्राइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न दुई लाख सहयोग गरेको छ ।

एक कार्यक्रमको बिच भएको चेक हस्तान्तरण कार्यक्रममा सन्राइज बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतम दुई लाखको चेक हस्तान्तरण गरे ।

रकम हस्तारण कार्यक्रममा सन्राइज बैंकका प्रदेश नं १ का प्रमुख श्री विवेक निरौला, इलाम शाखाका प्रमुख श्री ज्ञान श्याम गुरुङ्ग र बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ईलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिदै आएको छ । निर्माण गर्न लागेको भवन तालिमहल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन मदत गर्ने सोसाइटीले जनाएको छ । बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।

हालसम्म सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु