बर्दिया गैँडा क्याम्प होटलमा सिटिजन्स बैंकका ग्राहलाई १०% छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १० प्रतिबत छुट पाउनेछन् । हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । मुद्दती खातामा आवेदन समेत दिन सक्ने लगायतका व्यवस्था गरेको बैंकले जनाएको छ ।


क्लिकमान्डु