इतिहास कायम गरेको सुनको मूल्य एकैदिन प्रतितोला ३५ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार हालसम्मकै इतिहास कायम गरेको सुनको मूल्य बिहीबार ३५ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च हो ।

तर, बिहिबार प्रतितोला ३५ रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएकोमा बिहीबार १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा बिहीबार ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु