मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रम धामलाई सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले कपिलवस्तु स्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत उक्त सहयोग गरेको जनाएको छ । बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्न आर्थिक सहयोग गरेको जनाएको छ ।

सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ ।


क्लिकमान्डु