सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २५ सयले बढेर १ लाख ५ हजार ५ सय पुग्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकै दिन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार मंगलबार १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार नयाँ रेकर्ड कायम गरेको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितेला १ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको छ ।

बुधबार विहानसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक दिनमा १३.७२ प्रतिशत अर्थात् २४८ डलरले बढेर २ हजार ५६ डलर पुगेको छ ।


क्लिकमान्डु