भोलिदेखि सगरमाथा लेखिएको १ रुपैयाँको सिक्का बजारमा आउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सगरमाथा लेखिएका १ रुपैयाँका सिक्का बुधबारदेखि प्रचलनमा ल्याउने भएको छ ।

राष्ट्र बैंकका अनुसार साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएका २०७७ साल लेखिएका १ रुपैयाँ दरका सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको जानकारी दिएको छ ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु हुनेछन् । ६४ थोप्लाहरुलाई बृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा ७ प्रतिशतसहितको नेपालको नक्सा हुनेछ ।

सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरी लिपीमा १ रुपैयाँ लेखिएको हुनेछ । नेपालको नक्साको दायाँतर्फ दृष्टिविहीनले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको छ ।

साथै, सिक्काको पृष्ठ भागमा वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाहरु रहनेछन् । ८ थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, शंख, पद्य, गदा तथा बीचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको हुनेछ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपीमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको हुनेछ ।


क्लिकमान्डु