सेयर बजारमा निराशा, कारोबार साढे २ अर्बमा खुम्चियो



काठमाडौं । सेयर बजारमा निराशा देखिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३.६६ बिन्दुले घटेपनि कारोबार रकम भने २ अर्ब ५० करोडभन्दा कम छ ।

साताको पहिलो दिन आइतबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार मैलुङ खोला,सामलिङ पावर,नेपाल ल्यूब,न्याङ्दीको सेयर मूल्य बढेको छ । यस्तै शिवम् सिमेन्ट,रिलायन्स लाइफ प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य घटेको छ ।

बैंकमा देखिएको तरलता अभावको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । ऋण पाउन नसक्ने तथा ब्याजदर बढेको कारण सेयर बजार ओरालो लागेको हो ।


क्लिकमान्डु