सुनको मूल्य १ लाख नाघ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ रहेकोमा आइतबार २ हजार रुपैयाँले बढेर १ लाख १९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएकोमा आइतबार १ लाख १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ रहेकोमा आइतबार ३५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु