आइएमई जनरल इन्स्योरेन्सकाे हकप्रद सेयर निष्काशन, कसले दिन पाँउछ आवेदन ?



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेको छ ।

कम्पनीले १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । फागुन २२ देखि निष्काशन गरेको हकप्रद सेयरमा चैत १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसको लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको माघ मसान्तसम्म कायम रहेका लगानीकर्ताले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिट रहेको छ । सेयरमा धितोपत्र बोर्डबाट आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु