सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुग्याे



काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा शुक्रबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु