सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ९८ हजार ५ रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु